नरैनापुर गापामा भदौं ४ गते सार्वजनिक विदा

  ।   २०७८ भाद्र ३, बिहीबार १८:४४

संवाददाता, नेपालगंज

सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गाईजात्रा दिन काठमाण्डौ उपत्यकामा मात्र सार्वजनिक बिदा दिइँदै आएकोमा देशभरका नेवार समुदायलाई बिदा दिने सरकारले निर्णय गरेको छ ।

यसैबीच बाँकेको नरैनापुर गाउँपालिकाले भदौ ४ गते मुस्लिम समुदायको मुहर्रम पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले आज एक सूचना जारी गरी कोभिडको जोखिम कायमै रहेकाले भीड नगरी सामाजिक दुरी कायम गरी पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

Next Post

आजको मौसम : केही प्रदेशमा भीषण वर्षाको सम्भावना

२०७८ भाद्र ३, बिहीबार १८:४४
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन भीषण वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुको सामान्य प्रभाव रहेकाले शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा […]

सम्बन्धित समाचार