आजको मौसम : केही प्रदेशमा भीषण वर्षाको सम्भावना

  ।   २०७८ भाद्र ४, शुक्रबार ०६:४०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन भीषण वर्षाको सम्भावना रहेको छ।

मनसुनी वायुको सामान्य प्रभाव रहेकाले शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै‚ राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थान भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भीषण वर्षाका कारण नदी तथा खोलामा पानीको वहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Next Post

जापानबाट भोलि अस्ट्राजेनिका खोप आइपुग्दै

२०७८ भाद्र ४, शुक्रबार ०६:४०
काठमाडौं | जापानले अनुदानमा दिएको ६ लाख डोज अस्ट्राजेनिका खोप भोलि काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको भनाइ छ। सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म […]