जितहासिल  गरेकै दिन किन भए  तुफानका आँखाभरी आँसु  ??

  ।   २०७९ जेष्ठ ८, आईतवार १८:३४

    नेपालगन्ज । बाँके खुजाराको कपास बिकास समितिको भवनमा मतगणना सम्पन्न भयो । गठबन्धन (नेकपा माओवादी केन्द्र र कांग्रेस) तर्फका माओवादीका बाँके जिल्ला समन्वय समिति संयोजक डम्बर बिक तुफान अध्यक्ष पदमा १६ सय मतान्तले बिजयी भए । कपास बिकास समितिको क्षेत्रबाहिर बिजय उत्सब मनाउन माओवादी, कांग्रेसका कार्यकर्ता पर्खिरहेका थिए । तुफानलाई बधाई दिन पार्टीका नेताकार्यकर्ताको बाक्लै उपस्थिति थियो । समाचार संकलन गर्न पत्रकार मोबाईल, भिडियो क्यामेरा र डिएसएलआर क्यामेरा बोकेर कपास बिकास कार्यालयको प्राङ्गण मै थिए । तुफानको वरपर बधाई दिनेको लाम थियो । यस्तैमा एकजा बुढी आमा तुफानलाइ खोज्दै आइन् । साथमा एक महिला र एक पुरुष थिए । कपास बिकास कार्यालयको प्राङ्गण मै ती आमाको भेट नव निर्वाचित अध्यक्ष तुफान संग भयो । ती आमाले तुफानलाई भेट्ने बित्तिकै आफ्ना हातले तुफानको गाला मुसारिन । तुफानले पनि अगालो हाले ।

ती बृद्धा थिइन् सहिद डिसिएम अम्मर अधिकारीकि आमा । सहिद अम्मर २०६० सालमा तत्कालीन राज्यपक्षबाट मारिएका थिए । डम्बर बिक तुफान र सहिद अम्मर नजिकका साथी थिए । दुबै जनालाई पार्टीले डिसिएम बनाएको थियो । तुफान बिजय भए संगै पहिलो आशीर्वाद सहिद अम्मरकि आमाको हातबाट लिए । ती आमा संग आशीर्वाद माग्दै गर्दा नवनिर्वाचित अध्यक्ष तुफान भवविहल भए । उनका आँखाबाट आँसु थामिएनन । आँखाका आँसु पुच्दै तुफानले भने,´ सर मेरो साथी सहिद अम्मरकी आमा हो उहाँ । अम्मर र म निकै मिल्ने साथी थियौं । आमाको हातबाट आशीर्वाद थाप्नु मेरो भाग्य हो ।` आज हजारौं सहिदहरुको सपना साकार बनाउन खजुरामा आफुले जिम्मेवारी पाएको तुफानले बताए । संघीय सरकार, प्रदेश सरकार संग समन्वय गरेर खजुरा गाउपालिकाको मुहार बदल्ने भन्दै आफुलाइ निर्वाचित बनाएकोमा खजुराबासीलाई धन्यवाद दिन तुफानले छुटाएनन । सहिद, बेपत्ता, पिछडिएका, गरिव परिवारको सपना पूरा गर्ने तुफानले उद्घोष गरे ।  जितको र्‍याली निकाल्नु, जितको प्रमाणपत्र बुझ्नु अगावै तुफानले बृद्धा आमालाई केरा खुवार सम्मान गरे । १० बर्षे शसस्त्र जनयुद्ध कालमा तुफानले बाँके बर्दियाको कमाण्ड सम्मालेका थिए । सोही समयमा हजारौ पटक आमाले खाना खुवाएको तुफनले स्मरण गरे । त्यसैले पनि सबै भन्दा पहिले तुफानले सहिद परिवारको हातबाट आशीर्वाद मागे । बृद्धा आमाको हातको आशीर्वाद पछि मात्र बिजय र्‍यालिमा खजुरा बजार परिक्रमा गर्दै नेताकार्यकर्ताले बिजयको उत्सव मनाए । साथै जनप्रतिनिधिले प्रमाणपत्र बुझेका थिए । जेष्ठ ५ गते तुफानले खजुरा गाउपालिकाको पदभार ग्रहण गरे भने निवर्तमान अध्यक्ष किस्मत कक्षपति र उपाध्यक्षको बिदाही गरिएको थियो । लुम्बिनी प्रदेश सांसद आइपी खरेलको उपस्तिथिमा प्रमुख निर्वाचन अधिकृत माननीय बाँके जिल्ला न्यायाधीश खडानन्द तिवारी द्वारा सफत ग्रहण गरेका थिए । जनताको साथमा रहेर सबै राजनीतिक दलहरु संगको सहकार्य र समन्वयमा खजुरालाई नमुना खजुरा बनाउने तुफानको योजना छ ।

Next Post

नरैनापुरका अध्यक्ष शाहका ५ निर्णय

२०७९ जेष्ठ ८, आईतवार १८:३४
           बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।  नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले पदभार ग्रहण गरिसकेका छन् । गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराएका छन् । आगामी आर्थिक […]