२४ घण्टामा १ हजार ४४२ जना कोरोनाका सङ्क्रमित थपिए, ३ हजार ५३८ जना डिस्चार्ज

  ।   २०७७ मंसिर ३, बुधबार १७:०१

काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नौ सय १७ पुगेको छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार सात सय ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ४२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।

अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

Next Post

नेकपामा ओलीको छुट्टै प्रतिवेदन पेस हुने, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक पनि बस्ने

२०७७ मंसिर ३, बुधबार १७:०१
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को अब बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्नु हुने भएको छ । बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने बताउनुभएको हो । यसअघि गएको शुक्रबार बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]