नेकपामा ओलीको छुट्टै प्रतिवेदन पेस हुने, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक पनि बस्ने

  ।   २०७७ मंसिर ३, बुधबार १७:०३

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को अब बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्नु हुने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने बताउनुभएको हो । यसअघि गएको शुक्रबार बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली असन्तुष्ट हुनुहुन्छ ।

ओलीले पेस गर्ने प्रस्तावलाई समेत ध्यान दिँदै अबको सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अब बस्ने सचिवालय बैठकमा ओली र प्रचण्ड दुवैको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

यस्तै आउँदो १८ गते स्थायी कमिटी बैठक र २५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने भएको छ ।

Next Post

१ वर्षका लागि लम्बियो नेपालको एकदिवसीय मान्यता

२०७७ मंसिर ३, बुधबार १७:०३
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ । आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारण सभामा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय […]