भारतकाे उत्तराखण्ड र केरलामा बाढी पहिराेबाट ९६ जनाको ज्यान गयो

  ।   २०७८ कार्तिक ५, शुक्रबार ०७:३१
unn.prixa.net

काठमाण्डाै | केही दिनदेखिको लगातारको वर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ ।

उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएकाे बाढी र पहिराेबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ । देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित भएको छ ।

भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी पर्न सक्ने भएकाले केरलाका विभिन्न आठ जिल्लामा अलर्ट जारी गरिएको छ । साथै तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह  गरिएको  छ ।

केरला आसपासको क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा हावा चल्न सक्ने भन्दै सावधान रहन भनिएको छ । अबको तीन दिन विशेषगरी केरला, तमिलनाडु, पुड्चेरी र कराइकलमा ठूलो पानी पर्ने सम्भावना रहेको भारतको  मौसम  विज्ञान विभागले जनाएको छ ।

Next Post

आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने

२०७८ कार्तिक ५, शुक्रबार ०७:३१
काठमाण्डौ । देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदेश– १, वाग्मती र गण्डकी प्रदेशका एकरदुई […]

सम्बन्धित शीर्षक