आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने

  ।   २०७८ कार्तिक ५, शुक्रबार ०७:३२

काठमाण्डौ । देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश– १, वाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, राति देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने छ । प्रदेश– १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने उहाँले बताउनुभयो ।

यस्तै, भोलि पनि गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

Next Post

कात्तिक ७ र ८ मा २७ लाख बालबालिकालाई खुवाइँदै भिटामिन ‘ए’

२०७८ कार्तिक ५, शुक्रबार ०७:३२
काठमाडौं । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ। छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल […]