लोकसेवाका परीक्षा फागुन ६ गतेबाट (तालिका हेर्नुहोस ।)

  ।   २०७८ माघ २०, बिहीबार १६:०७

संवाददाता ।

लोकसेवा आयोगले फागुन ६ गतेदेखि स्थगित परीक्षाहरू सञ्चालन गर्ने भएको छ । आयोगले कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्न लागेको हो ।

आयोगले कोभिड–१९ महामारीको कारण स्थगित गरिएका उपसचिव वा सो सरह (अप्राविधिक-प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू सञ्चालन गर्न लागेको जनाएको छ ।

आयोगले परीक्षाहरू सञ्चालनका लागि नयाँ तालिका समेत सार्वजनिक गरेको छ ।

परीक्षा तालिका हेर्नुहोस ।

Next Post

एमसीसी सम्झौतामा के छ ? (पूर्णपाठ) सहित हेर्नुहोस ।

२०७८ माघ २०, बिहीबार १६:०७
संवाददाता । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध वा समर्थन गर्नेहरूमध्ये धेरैले यो सम्झौताको पूर्ण पाठ पढेका छैनन् । कतिपयले नेताहरूको लहैलहैमा लागेर त कतिपयले हल्लाकै भरमा यसको विरोध गरिरहेका छन । आखिर सम्झौतामा के छ ? नेपालले अमेरिकासँग चार वर्षअघि ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ सम्झौता गरेको थियो […]