जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

  ।   २०८० माघ १३, शनिबार १५:४९

जाजरकोट  । चिसोका कारण समस्यामा परेका जाजरकोटका १५० अतिविपन्न भुकम्पपिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । अति विपन्न भुकम्पपिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि

इलुमिनेट नेपाल मिडिया सेन्टरद्धारा सञ्चालित गुडन्युज खबर साप्ताहिक बाँकेको एक टोलीले जाजरकोट पुगेर १५० पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । कात्तिक १७ गते राती गएको भुकम्पबाट पिडित भएका जाजरकोटको भेरी नगरपालिका ११ करा गाउँका अतिविपन्न १५० परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो ।

भुकम्पपिडित अतिविपन्नहरु चिसोले समस्यामा परेका जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको अनुरोधमा न्यानो लुगा वितरण गरिएको इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले वडा नम्बर ११ का अतिविपन्न १५० परिवारलाई चिसोमा समस्या परेकोले राहात स्वरुप हरेक परिवारलाई एक थान कम्बल र एक पिफोम वितरण गरिएको बताउनुभयो ।

पिडित परिवारलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाया, राष्टिय अनुसन्धानका डिएसपी सन्तोष बस्नेत, वडा नम्बर ११ का वडा अध्यक्ष लक्ष्मी प्रसाद जैसी, इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धिताल लगायतले न्यानो लुगा वितरण गर्नुभयो । सो अवसरमा वडा अध्यक्ष जैसीले चिसो अत्यधिक बढ्दा वडाका धेरै विपन्नहरु विरामी पर्न थालेकोले यो राहातबाट उनिहरुलाई ठुलो सहयोग पुग्ने बताउनुभयो ।

उहाँले राहात दिने सबैको ध्यान घरहरु भत्किएका, मानिस मरेका ठाउँमा मात्र पर्ने गरेकोले घर चर्किएर बाहिर बस्नु परेका वडा नम्बर ११ का वासिन्दा अतिनै पिडित रहेकोमा यो राहतले धेरै सहयाग गर्ने बताउनुभयो । न्यानो लुगा पाएपछि अधिकांश स्थानीयले चिसोमा न्यानो लुगा राहात पाएकोले चिसोबाट जोगाउन मद्दत मिल्ने प्रतिक्रिया दिनुभएको थियो ।

यसअघि केही महिना पहिले पनि ज्ञान नेपालले जाजरकोट पुगेर भेरी नगरपालिका ४ का ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको ज्ञान नेपालका कार्यक्रम अधिकृत तिलक नेपालीले बताउनुभयो ।

Next Post

परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री दाहाल

२०८० माघ १३, शनिबार १५:४९
काठमाडौँ,  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल […]