प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, नाम लुम्बिनी प्रदेश प्रस्ताव पेस

प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्ने

  ।   २०७७ आश्विन १६, शुक्रबार १५:३१

प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाम पेस गर्नुभएको छ । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

यसअघि आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताउनुभयो ।

दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँची शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो ।

प्रदेश सभामा मन्त्री केसीले प्रस्ताव पेस गरेपछि केही सांसदहरूले भने विरोध जनाएका थिए । यसअघि गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेको छ । प्रदेश १ र प्रदेश २ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेको छैन ।

प्रदेश मन्त्रिपरिषद्को यो निर्णयसँगै प्रदेश ५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद थियो । अब उक्त विवाद टुंगिएको छ । प्रदेश सभाको अर्को बैठक असोज १९ गते बोलाइएको छ ।
इकान्तिपुरबाट

Next Post

सीमा नाका बन्दको सकारात्मक प्रभाव

२०७७ आश्विन १६, शुक्रबार १५:३१
पवन कुमार चौधरी नेपालगन्ज । ‘सियोदेखि ठूल्ठूला मेसिनरी सामानको आयात हुँदा दैनिक १ अर्बकै कारोबार भारतमा हुन्थ्यो’, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य लकडाउनको व्यापारको अनुभव सुनाउनुहुन्छ, ‘भारतीय सामान ८० प्रतिशत कालोबजारी भएर आउँथ्यो । अहिले त्यो ठप्प भएको छ । ठूला व्यापारीले कर तिरेर ल्याउने भएकाले राजस्व […]