निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँको चुनावको सामग्री किन्दै

  ।   २०७७ फाल्गुन ११, मंगलवार ०८:३९

काठमाण्डौ । निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो । आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

Next Post

कृषि विकास बैंकको अधिकृतमा निरौला

२०७७ फाल्गुन ११, मंगलवार ०८:३९
बाँके । बाँकेको खजुरा गाउँपालिका ३ खजुरा एक नम्बरका घनश्याम शर्मा निरौला कृषि विकास बैंकको अधिकृतको रुपमा सेवा निवृत्त हुनुभएको छ । उहाँ पुर्व राष्ट्रसेवक कर्मचारी पनि हुनुहुन्छ । निरौलाले सहकारी संस्था लिमिटेड खजुराको सञ्चालक समिति अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । राष्ट्रसेवामा प्राप्त गरेको अनुभवका आधारमा सहकारीलाई अझ राम्रो बनाउन […]