लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि

  ।   २०७८ असार १६, बुधबार ०८:१४


काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।

आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

परीक्षा पूर्वनिर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिफ्टमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ । अनलाइनखबर

परीक्षा तालिका यहाँ क्लिक गर्नुहोस्

Next Post

चिकित्सा शिक्षा : साउन ९ देखि स्नातक तहको प्रवेश परीक्षा, ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य

२०७८ असार १६, बुधबार ०८:१४
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म गर्ने भएको छ। साउन ९ देखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ। आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्ने छ। पिसिआर पोजिटिभ भएकालाई छुट्टै […]