गर्मीका कारण सर्पदंशका बिरामी बढे, टोकेलगत्तै अस्पताल जान डाक्टरको सुझाव

  ।   २०७८ श्रावण १६, शनिबार १४:३१

काठमाण्डौ । बढ्दो गर्मी र मनसुनका कारण तराईमा सर्पदंशका घटना बढ्न थालेका छन् । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको छ ।

लगातारजसो पानी पर्ने र तराईमा गर्मी पनि हुने भएकाले सर्प बाहिर निस्कने गरेको विज्ञले बताएका छन् । महोत्तरी, सिरहा, कैलाली, दाङलगायत तराईका जिल्लामा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको सङ्ख्या बढ्न थालेको छ ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर सतिश साहका अनुसार यसअघि एकरदुई जना आउने गरेकोमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउन थालेका बताउनुभयो । सर्पले टोकेलगत्तै अस्पताल पुग्न उहाँको सुझाव छ ।

सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरेर एन्टीस्नेक भेनमको डोज लगाउने गरिन्छ । गएको वैशाखदेखि हिजोसम्म सर्पदंशका १२ वटा घटनामा ११ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सुत्दा झुलको प्रयोग गर्न, सर्प लुक्ने सक्ने ठाउँको पहिचान र रातमा हिँड्नुपरे टर्च बालेर हिँड्न पनि सुझाव दिएको छ ।

Next Post

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

२०७८ श्रावण १६, शनिबार १४:३१
काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले भेटवार्ता गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा शनिबार भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराउनु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गर्नुभएको थियो । रासस