भेरी अस्पताललाई सरसफाइ सामग्री र फलफूल हस्तान्तरण

  ।   २०८० असार ३१, आईतवार १७:३८

नेपालगन्ज ।

नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यापारीहरुको संगठन उद्योग व्यापार संघ बाँकेले आफ्नो छाता संगठन नेपाल उद्योग व्यापार महासंघको स्थापना दिवसको अवसर पारेर आइतबार बिहान भेरी अस्पताल सरसफाइ सामग्री र उपचारार्थ विरामीहरुका लागि फलफूल हस्तान्तरण गरेको छ ।


स्थापना दिवसको अवसरमा सरसफाइ सामग्री, नगद १० हजार १ सय रुपैयाँ र अस्पतालमा उपचारार्थ विरामीहरुका लागि पानी, जुस तथा विभिन्न फलफूलहरु अस्पताललाई प्रदान गरिएको उद्योग व्यापार संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीले बताउनु भएको हो।

अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंलाई संयुक्त रुपमा उक्त सामग्रीहरु प्रदान गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनु भएको छ।

अस्पतालमा उपचारार्थ बिरामीहरुलाई आफैले फलफूलहरु वितरण गर्ने कार्यक्रम रहेपनि अस्पताल प्रशासनले पछिल्लो समयमा सिधै बिरामीहरु भेट्दा उनिहरुलाई डिष्टर्व हुनुका साथै रोग फैलिने सम्भावना भएको भन्दै उक्त कार्यमा रोक लगाएको हुँदा अस्पताललाई प्रदान गरिएको रेग्मीले जानकारी दिनु भएको हो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव अकल बहादुर बम, जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स), महासंघका प्रदेश उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव तारा कुमारी रोकाय/ खत्री लगायतको उपस्थिति रहेको थियो ।

Next Post

प्युठानी दिदिभाई भेरी अस्पतालबाट डिस्चार्ज भएसँगै डाक्टर सम्मानित

२०८० असार ३१, आईतवार १७:३८
नेपालगन्ज । सर्पदंशमा परेर बिरामी भएका प्युठानका एकैघरका दुई दिदीभाई निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् उपचारमा संलग्न डाक्टरलाई सम्मानित गरिएको छ । समयमै उद्दार र सफल उपचार गरेको भन्दै भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डाक्टर कृष्ण प्रसाद आचार्यलाई प्युठान नगरपालिका वडा नम्बर १, खैरा प्युठानका सर्पदंशमा परेका बालबालिकाका […]

सम्बन्धित समाचार