डाक्टर गोविन्द केसीलाई आज काठमाण्डौ लगिने

  ।   २०७७ आश्विन ६, मंगलवार ०८:४७

नेपालगन्ज । स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आउनुभएका डाक्टर गोविन्द केसीलाई आज काठमाण्डौ लगिने भएको छ ।

जुम्लाबाट हिजो (सोमबार) नेपालगञ्ज आइपुगेका डाक्टर केसीलाई आज काठमाण्डौ लगिन लागिएको हो । हिजो नेपालगञ्ज–काठमाण्डौ उडान नभएपछि उहाँलाई भेरी अस्पतालको आइसीयूमा राखिएको छ ।

उहाँलाई आज (मंगलबार) बिहान साढे ११ बजे बुद्ध एअरको उडानबाट काठमाण्डौ पठाउने तयारी भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । डाक्टर केसीले काठमाण्डौमा पनि अनसन जारी राख्ने बताउनुभएको छ ।

सरकारले आफ्ना मागको विषयमा कुनै सम्बोधन नगरेको र पहिलेको अनसनमा अस्पतालमै तोडफोड गरेको आरोप लगाउँदै उहाँले फेरि पनि यस्तो हिंसा हुन नदिन जुम्लाबाट काठमाण्डौको यात्रा सुरु गरेको विज्ञप्तीमार्फत बताउनुभएको छ ।

Next Post

युनेस्को क्लबद्धारा अतिविपन्न परिवारलाई कुखुराका चल्ला र दाना वितरण

२०७७ आश्विन ६, मंगलवार ०८:४७
सिराज खाना नेपालगञ्ज । बाँकेको नेपालगञ्ज, राप्तीसोनारी र नरैनापुरका अति विपन्न तथा पिछिडिएका परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले कुखुरा पालनका लागि चल्ला, दाना र अन्य सामाग्री वितरण गरिएको छ । कतार च्यारेटी नेपालद्धारा बाँके युनेस्को क्लबमार्फत सञ्चालन गरिएको जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट सो सहयोग […]

सम्बन्धित शीर्षक