बाँके । बाँकेमा ४२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल PCR ल्याबबाट ४१ र बागेश्वरी ल्याबबाट १ जना गरेर ४२ जनामा कोरोना पुष्टि भएको फोकल पर्शन नरेश श्रेष्ठको रिपोर्टमा उल्लेख गरिएको छ ।
फोकल पर्शन श्रेष्ठका अनुसार संक्रमितहरु महिला १७ र पुरुष २५ छन् । जिल्लामा संक्रमितको कुल संख्या १ हजार ८५ पुगेको छ भने ७ सय ७६ जना संक्रमित निको भएर घर फर्की सकेका छन । विभिन्न आइसोलेसनमा ३ सय ३३ जना उपचाररत छन् । अहिले सम्म ६ जनाको मृत्युु भएको छ ।