छक्कबहादुर लामा ओली समूह छाडेर प्रचण्ड-नेपाल समूहतिर

  ।   २०७७ पुष ११, शनिबार १८:५५

नेपालगन्ज । हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा फर्कनुभएको छ ।

यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहनुभएका लामाले आज विज्ञप्ति निकालेर आफू प्रचण्ड–नेपाल समूहको पार्टी संगठनमा यथावत् रहेको जानकारी गराउनुभएको हो । यसअघि लामालाई ओली समूहले केन्द्रीय आयोजक समिति सदस्य बनाएको थियो ।

बाहिर आएको हल्लाको पछि नलाग्न आग्रह गर्दै उहाँले आफूले जनमतको कदर गर्दै प्रचण्ड–नेपाल समूहमा नै बस्ने निर्णय गरेको बताउनुभएको छ । उहाँले प्रचण्ड-नेपाल समूहको पार्टी नै मूलपार्टी भएकोले एकताबद्ध भएर बस्नसमेत हुम्लाबासीलाई आग्रह गर्नुभएको छ ।

 

Next Post

ख्रीष्टमस शुभकामना

२०७७ पुष ११, शनिबार १८:५५
बडा दिन ख्रीष्ट जन्मोत्सव ‘ख्रीष्टमस तथा नयां बर्ष २०२१’ को खूशीयालीमा सबैलाई हार्दिक बधाई र शूभकामना छ । यस अवसरमा मानिसहरुले बर्ष भरीको लागि येशुको आशिर्वाद लिन चर्चहरुमा गएर मम बत्ति प्रज्जवलित गर्ने र प्रार्थना गर्ने गर्दछन, येशुको दिब्य बचन सून्छन् र एक अर्कासंग ख्रीष्टमस बधाई खूशीयाली साटासाट गर्दछन । […]

सम्बन्धित शीर्षक