शितलहर र बाढी पूर्व सूचना प्रणालीको महत्व तथा व्यवस्थपन विषयक दुई दिने कार्यशाला

  ।   २०७९ मंसिर १६, शुक्रबार २०:३०

बर्दिया । सामुदायमा आधारीत शितलहर र बाढी पूर्व सूचना प्रणालीको महत्व तथा व्यवस्थपन विषयक दुई दिने कार्यशाला शुक्रबार देखि बर्दियाको ठाकुरद्धारामा सुरु भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले आयोजना गरेको कार्यशालामा नरैनापुर गाँउपालिका र राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष,  वडा अध्यक्षहरु र विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको आयोजक संस्थाका कार्यक्रम संयोजक तारा भुषालले जानकारी दिनु भयो ।

कार्यशालाको उदघटन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले, शितलहर र बाढी सूचना प्रणालीलाई थप सुरक्षित तथा व्यवस्थित बनाउनका लागि नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन कोष परिचालन गरी नागरिकलाई सुरक्षित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको थियो । उहाँले एसडिएफ संग समन्व गरी प्रकोपबाट निम्तिने विपद्को कारण पत्ता लगाउने, समुदायमा बेलैमा विपद् जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गराउने,साथै क्षति न्यूनीकरणका लागि आवश्यक संरचनाहरु तयार गरी समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने क्रियाकलाप गर्ने बताउनु भएको थियो ।

यसैगरी राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष तप्त पौडेलले, शितलहर र बाढी पूर्व सूचना प्रणाली यति धेरै महत्व पूर्ण भएपनि हामी जनप्रतिनिधिहरु विकासका कार्यक्रममा बढी व्यस्त भए पनि यसलाई व्यवस्थित बनाउन जरुरी रहेको जिकिर गर्नु भएको थियो ।  यस्तै राप्ती सोनारी कि उपाध्यक्ष मनिषा सिंह थारुले बाढी सूचना प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय सरकारको सहयोगमा केयर टेकर सहितको व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भएको थियो । उहाँले विपतको सवालमा गाँउपालिका एकदम सम्बेधनशील रहेको बताउदै विपदका लागि विशेष सहयोग गर्न राप्ती सोनारी तयार रहेको प्रतिवद्धता गर्नु भएको थियो ।

बाढी सूचना प्रणाली हेर्ने सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक शेर रौले शितलहर र बाढी प्रणालीलाई सुरक्षिता तथा प्रभावकारी बनाउन योजना तयार गरी स्थानीय तहको सहयोगमा काम गर्ने बताउनु भएको थियो । रणनितिक योजना तयार गरी कार्यशाला बर्दियाको ठाकुरद्धारामा शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

Next Post

बाँके युनेस्को क्लबले बर्दियाका १२० महिलालाई सिप विकास तालिम दिंदै

२०७९ मंसिर १६, शुक्रबार २०:३०
नेपालगञ्ज । बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना १८ वर्ष देखि २४ वर्षका युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिप विकास तालिम सञ्चालन गर्ने तयारी गरिएको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत छनोटमा परेका १२० […]