बादरले जे देख्छ त्यही गर्छ ( Monkey does what he sees)

  ।   २०७७ भाद्र २६, शुक्रबार २१:२९

बाँके जिल्लामा हरेक शुक्रबार र सनिवार निषेधाज्ञा गर्ने नियम जिल्ला प्रशासन कार्यालयले लागू गरेको छ । निषेधाज्ञाको आदेश संगै यसको कतै समर्थन त कतै चर्को आलोचना सामाजिक संजालमा देखि समाज सम्म त्यत्तिकै छ ।

नेपालगन्जका उद्योगपतिहरु निषेधाज्ञा र लकडाउनको विरोधमा छन् । निषेधाज्ञा र लकडाउन मात्रै कोरोना रोकथाम-नियन्त्रणका विकल्प होइनन् भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले बैठक बाटै आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रशासन संग निषेधाज्ञा र लकडाउन हटाउन आग्रह समेत गरेको छ । त्यस्तै सर्वसाधारण गरिखाने बर्गलाइ पनि लकडाउन र निषेधाज्ञा गलिको पासो बनेको छ । तर सरोकारवाला निकायका व्यक्तिहरुले लकडाउन र निषेधाज्ञालाई कोरोना रोकथाम र नियन्त्रणका विकल्पका रुपमा लिने गरेका छन् ।

कोरोना रोकथाम विरुद्ध बोल्ले र सरकारले लागु गरेको नियमन विरुद्ध बोल्नेलाई कानुनी कार्वाही गर्न थालिएको छ । नेपालमै कोरोनाबाट मृत्युु हुनेको संख्या ३ सय १७ पुगेको छ । तर कोरोना कहर बीच लकडाउन, निषेधाज्ञा र कर्फ्युका कारण गरिखाने बर्गहरुले अनाहकमा मृत्युको सामान गर्नु परेको यथार्थ घाम झै छर्लङ्ग छ । यसरी मृत्युु हुनेको संख्या २ हजार २ सय भन्दा माथी नाघेको छ ।

लकडाउन, निषेधाज्ञा र कर्फ्युको जग के ? कुन जग माथी यी काम गरिन्छन ? यसले भविस्यमा कस्तो असर पार्छ ? यसको विकल्प के हुनसक्छ ? दीर्घकालीन समाधानका उपायहरू के के हुन सक्छन् ? सोरोकार वालाको ध्यान यतातिर जादैन । सरोकार वालहरुको ध्यान अर्कै तिर मोडिनुले हामीले कोरोना रोकथाम र नियन्त्रणको सहि विकल्प पाएनौं कि ? हाम्रो छिमेकी मुलुक भारत अहिले संसारमै कोरोना प्रभावित क्षेत्रका रुपमा दोस्रो स्थानमा छ । दिल्ली र लखनउमा सनिवार र आइतबार निषेधाज्ञा हुन्छ । लखनउको हावा नेपालगन्जमा लाग्छ भने दिल्लीको हावा काठमाडौंमा लाग्छ । अनि हाम्रो सहरमा पनि शुक्रबार र सनिवार निषेधाज्ञा हुन्छ ।

यसको बैज्ञानिक कारण के ? किन उत्तरप्रदेश सरकारले लखनउमा सनिवार र आइतबार निषेधाज्ञा जारी गर्‍यो ? कहिले सम्म गर्‍यो ? यसको प्रभाव कस्तो रह्यो ? अध्यन छैन, अनुसन्धान छैन । उता बन्द भयो यता पनि बन्दगरौ । सरोकारवालाको कस्तो सोच ? अग्रेजी एउटा उखान छ, ” Monkey does what he sees.” अर्थात बादरले जे देख्छ त्यही गर्छ । त्यो भन्दा अरु दिमागमा केही हुदैन । नयाँ परिक्षण गर्ने परम्परा नै छैन ।

दिल्ली लखनउमा निषेधाज्ञा भयो तर केही दिनपछि त्यो हटायो । किनभने त्यो दीर्घकालीन समाधानको उपाय बन्न सकेन । तर नेपालगन्जमा निषेधाज्ञा जोतियकै छ । जनताले संकेतिक रुपमा बिरोध गर्दै आएका छन् । खै उद्योगि, व्यापारी, गरिखाने बर्गको मनोबिज्ञान बुझेको ? हाम्रो एउटा नेपाली उखान छ, ” लिडे ढिपी” सरोकारवालाको लिडे ढिपिले कहिले सम्म अलमल्याउने हो हेर्दै जाउ । सर्वसाधारणलाई हात मुख जोड्न हम्मेहम्मे परेको छ । दिन भयो भने रात किन पर्दोहो, रात परेपछि दिन किन आउदो हो भन्ने बर्गको पीडा कसले बुझ्ने ? यातातिर सरोकारवालाको ध्यान कहिले जाने ?

संसारका धेरै मुलुकहरूमा कोरोना पीडितहरुलाइ आर्थिक राहतका प्याकेज घोषणा भएका उदाहरण समाचारमा सुन्न पाइन्छन् तर हाम्रो मुलुकमा के सुन्न पाइन्छ ? गहिरिएर बिचार गर्ने हो भन्ने एउटा देशभक्त नागरिकले आफुलाइ धिकारी रहेको हुन्छ । जनसंख्याको ठूलो हिस्सा बेरोजगारीको मारमा छन् । सरकारी कर्मचारी, जनप्रतिनिधिहरुलाइ, तलब, भत्ता होला । घरपरिवारलाई पालन पोषण गर्न समस्या नहोला तर त्यस्त बर्ग छ जस्ले बिहान काम पाएपछि साझ खान पाउछ, काम नपाउदा खाना पाउदैन । अब भन्नुस निजि कम्पनीहरु बन्द भएको कति भयो ? छोटो मोटो, साना तिना काम बन्द भएको कति भयो ? भने ठूलो जनसंख्या आज भोकमरीमा छ । कोरोना रोगले भन्दा भोकले मर्न लागियो भनेर चीत्कार सुनिन थाली सक्यो । अब दीर्घकालीन समाधानका उपाय सोच्ने सकियन भने देश नै बर्बादको भुमरीमा पस्ने निश्चित छ ।

विश्वका करिब ४७ देशले विश्व स्वास्थ्य संगठनलाई बहिस्कार गरिसकेका छन् । धेरै देशले निषेधाज्ञाको अस्त्र अस्वीकार गरेको अवस्था छ तर हाम्रो भूगोलमा भने विभिन्न बहानामा घरीघरी लकडाउन र निषेधाज्ञाको अस्त्र मात्र प्रयोग भैरहेको छ । वास्तवमा कोरोना रोकथाम र नियन्त्रणको सहि प्रयोग, विकल्प के हुन सक्छ ? दिग्गज विद्वान, विशेषज्ञहरुको राय अनुसार अगाडि बढ्नु अत्यन्तै सान्दर्भिक हुन्छ भन्नेकुरा लेखकलाई लगेको हो ।

Next Post

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार १२० जना

२०७७ भाद्र २६, शुक्रबार २१:२९
नेपालमा गत चौबीस घण्टामा १ हजार २०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ । आजको यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार १२० र निको हुनेको सङ्ख्या ३७ हजार ५२४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । त्यसैगरी विगत चौबीस घण्टामा १४ […]