नेपालमा गत चौबीस घण्टामा १ हजार २०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ ।
आजको यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार १२० र निको हुनेको सङ्ख्या ३७ हजार ५२४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
त्यसैगरी विगत चौबीस घण्टामा १४ जनाले कोभिड–१९ का कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभिड–१९ का कारण हालसम्म नेपालमा ३३६ जनाको ज्यान गइसकेको छ ।
गत चौबीस घण्टामा ८५२ जना सङ्क्रमण मुक्त भएका छन् भने अहिलेसम्म कुल ३७ हजार ५२४ निको भइसकेका छन । डा. गौतमका अनुसार सङ्क्रमित निको हुने दर ७०.६५ रहेको छ ।
–बीबीसी नेपालीबाट