प्रधानमन्त्रीलाई ज्ञापनपत्र सिडियो मार्फत

  ।   २०७७ पुष २४, शुक्रबार १८:१२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुह बाँकेले बयलगाडा डोर्‍याउदै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । नेकपा बाँके अध्यक्ष आइपी खरेलका अनुसार शुक्रबार नेकपाले बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएको हो ।

<span;>प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कार्यको भत्सर्ना गर्दै आन्दोलन भएको नेकपा केन्द्रिय सदस्य महेश्वर गहतराज (अथक) ले भन्नुभयो,” पौष ५ गते प्रतिनीधि सभा विघटन गरेपछि त्यसको विरुद्ध सडक संघर्ष गर्दै आएका छौँ । प्रतिनिधि सभा मरेको छैन । गलत कार्यको बिरोध गर्नु पर्छ ।”
नेकपाका नेता कार्यकर्ताहरु नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोध पत्र बुझाएका हुन् ।

नेकपा केन्द्रिय सदस्य अथकको नेतृत्वमा नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, नेकपा बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेशका सांसद आईपी खरेल, सचिव अशोक कोईराला लगाएतका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको कदमका विरुद्ध जिल्ला प्रशासन कार्यालयको मुलगेटमा केहीबेर नाराजुलुस समेत प्रदर्शन गरेका थिए ।

Next Post

बर्दियाको राजापुर, गुलरिया र बढैयातालमा शैक्षिक सामाग्री वितरण

२०७७ पुष २४, शुक्रबार १८:१२
सिराज खान नेपालगञ्ज । बर्दियाको राजापुर, गुलरिया र बढैयातालका विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई बाँके युनेस्को क्लबले १२ लाख रुपियाँ भन्दा बढीको शैक्षिक सामाग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरेको छ । प्लान इन्टर नेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित बाल विवाह, चाँडो […]