चीनबाट ८ लाख मात्रा खोप नेपाल ल्याइयो

  ।   २०७८ असार २५, शुक्रबार ०७:०९

काठमाण्डौ । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो।

खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । आजदेखि साउन ८ गतेसम्म तीन वटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गरेको हो । ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३ सय जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Next Post

भारतमा कोरोनाको तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

२०७८ असार २५, शुक्रबार ०७:०९
काठमाण्डौ । भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ । नवनियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति र अस्पतालमा बेडको सङ्ख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको […]