शीतल निवासमा मन्त्रीहरुको शपथ, कुन मन्त्रालय, कसलाई ?

  ।   २०७८ आश्विन २२, शुक्रबार १९:२३

संवाददाता, काठमाडौं ।

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १८ जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

यस यससगैं मन्त्रिपरिषद्ले आज पूर्णता पाएको छ । सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र हमाललाई पनि मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

संविधानमा भने गैरसांसद ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधान छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा बालकृष्ण खाँण, गृहमन्त्री, ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रि, पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, राजेन्द्र प्रसाद श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्री, जनार्दन शर्मा, अर्थ मन्त्री, मीनेन्द्र प्रसाद रिजाल, रक्षामन्त्री, उमाकान्त चौधरी, खानेपानी मन्त्री, नारायण खड्का, परराष्ट्र मन्त्री, रेनुकुमारी यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रेमबहादुर आले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, दिलेन्द्रप्रसाद बडू, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, देवेन्द्र पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, महिन्द्र राय यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री, उमा रेग्मी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, शशी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, रामकुमारी झाँक्री, सहरी विकास मन्त्री, गजेन्द्रबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, रामसहाय प्रसाद यादव, वन तथा वातावरण मन्त्री, कृष्णकुमार श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्री, उमेश श्रेष्ठ, राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, बोधमाया कुमारी यादव, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री रहनुहुने भएको छ ।

सपथ लिए लग्तै नव नियुक्त मन्त्रीले मन्त्रालयमा गएर कार्यभार सम्हाल्ने काम शुरु भइसकेको छ ।

विभिन्न संञ्चारमाध्यमको सहयोगमा..

Next Post

पूर्वकमलरी आत्मनिर्भरमा सिक्दै, सिकाउँदै (भिडियो सहित...)

२०७८ आश्विन २२, शुक्रबार १९:२३
प्रेम विश्वकर्मा, बढैयाताल, बर्दिया । कमलरी बस्दाको दुःख परास्त गरेपछि परिवार, समाजलाई सघाउने उहाँको दिनचर्या बनेको छ । अर्काको घरमा कमलरी बस्दा गरेका अनुभव नै अहिले उहाँको सिक्ने र सिकाउने पाठ बन्यो । पन्ध्र वर्र्षअघि सुष्माकुमारी थारु कमलरी हुनुहुन्थ्यो । ‘एक जोर कपडा, एक बोरा धान र त्यस्तै अलि कति खर्चपर्च’ […]