डा. धिताल सहित ७ जना सम्मानित

  ।   २०८० जेष्ठ ४, बिहीबार २२:०४

नेपालगन्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले सात जनालाई सम्मान गरेको छ । मर्निङ स्टार ९० मेगाहर्ज नेपालगन्जका स्टेशन म्यानेजर, गुड न्यूज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक तथा गुडन्यूज खबर डटकमका सम्पादक डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’ बाट सम्मानित हुनु भएको छ । बिहीवार नेपालगन्जमा आयोजना गरिएको एक वृहत् कार्यक्रममा डा. धिताल लगायत सात जना विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न विधामा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएकाे हो ।            मुस्लिम जर्नलिस्ट क्लब नेपालले नेपालगञ्जमा बिहीबार आयोजना गरेको ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा उक्त सम्मानहरू प्रदान गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताए ।    क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाद्वारा गोरखापत्रकर्मी सिराजुद्दिन खानलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, समाजसेवी तथा राजनीतिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा। सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, पूर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहलाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’ र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।कार्यक्रममा पूर्वमन्त्री इश्तियाक राईले सम्मानित हुनेहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा उनले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।  सम्मानित हुने जनप्रतिनिधिहरूमा लुम्बिनी प्रदेशसभाका सदस्यहरू सायरा बानो, मिना सिद्धिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायतका रहेका थिए । सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासँगै चेतना वृद्धि गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक विचारधारा अलगअलग भए पनि समुदायको उत्थान र भलाइका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताए ।  कार्यक्रममा संविधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकी, नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्धिकी, वरिष्ठ मुस्लिम अगुवाहरू अतहर हुसैन फारुकी, शकिल अहमद जसगर, शकिल अहमद कादरी, शकिल खान, रहमान मिया, नरैनापुर गापा अध्यक्ष इश्तियाक अहमद शाह, जियाउला हक, याकुब अन्सारी र मुस्लिम सङ्घ बाँकेका अध्यक्ष सुफियान खान लगायतले समुदायका सवाल र त्यसको समाधानबारे आ–आफ्ना धारणा राखेका थिए ।

Next Post

युवा महिलाको रोजगारका लागि सकारात्मक बने अभिभावक

२०८० जेष्ठ ४, बिहीबार २२:०४
नेपालगञ्ज, जेठ ५ । बाँके युनेस्को क्लबले बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउने उदेशयले संवाद कार्यक्रम सम्पन्न गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ । […]