नेपालगंज । जुम्ली एकता सेवा समाज बाँकेको दशै तिहार शुभकामना कार्यक्रम सम्पन्न भएको छ । जन्मथलो जुम्ला भै बिभिन्न शिलशिलामा बाँकेमा कर्मथलो बनाएर बसेका जुम्लीहरु लाई एकता बद्ध गराउने र कर्णालीको हक अधिकारका लागि जुम्ली एक हुन आवश्यक रहेको विशेष गरी जुम्ली एक भएर अघाडी बढ्नका लागि जुम्ली एकता सेवा समाज गठन गरिएको जुम्ली एकता सेवा समाज संस्थापक सल्लाहकार अधिवक्ता तथा कर्णाली अधिकार समन्वय समितिका संयोजक नरेन्द्रनाथ योगीले बताउनुभयो ।
कर्णाली प्रदेश संसाद माननीय देवेन्द्र बहादुर शाहीले जुम्ली एकता हुन आवश्यक भएको र यसमा राजनीतिकरण गरिनु हुदैन स्वतन्त्र हुन आवश्यक भएको बताउनु भयो । जुम्ली जनताको अप्ठ्यारोमा पर्दा सहयोग गर्ने समाजको निर्माण गर्न सुझाव दिनुभयो । त्यस्तै बाँके जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जुम्ली एकताको आजको आवश्यकता भएको बताउनुभयो । जुम्ली एकता सेवा समाज लाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
जुम्ली एकता सेवा समाजले बिभिन्न समयमा योगदान पुर्याए बापत तोयानाथ धिताल, गौरीकान्त आचार्य लगायतलाई सम्मन गरिएको गोबिन्द पाण्डेले बताउनु भयो । कार्यक्रममा डेउडा खेल खेली मनोरन्जन समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता जुम्ली एकता सेवा समाज बाँकेको अध्यक्ष गौरीकान्त आचार्यले गर्नुभएको थियो, स्वागत मन्तब्य जुम्ली एकता सेवा समाज कोहलपुर अध्यक्ष हर्क बहादुर बुढथापाले गर्नुभएको थियो ।