युवा महिलाको रोजगारका लागि सकारात्मक बने अभिभावक

  ।   २०८० जेष्ठ ५, शुक्रबार १७:४१


नेपालगञ्ज, जेठ ५ । बाँके युनेस्को क्लबले बर्दिया ठाकुरबाबाका युवा महिलालाई रोजगारी र व्यवसायमा लगाउन अभिभावकलाई सहयोगी र सकारात्मक बनाउने उदेशयले संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई रोजगारी र व्यवसायमा लाग्न घर परिवारबाट सहयोग र समर्थनका लागि संवाद कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । उक्त संवादपछि युवा महिलालाई रोजगारी गर्न सहज हुने र अभिभावकबाट सकारात्मक सहयोगको प्रतिवद्धता गरिएकोले उनिहरु आत्मनिर्भर बन्ने पर्ल परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । सो संवाद कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता आचार्यले शिक्षा र सिपले मात्रै महिलालाई आर्थिक रुपमा शसक्त बनाउने तथा आत्मनिर्भरता ल्याउने बताउनुभयो ।

उहाँले विभिन्न सिप सिकेर रोजगारी गर्न चाहनेलाई अभिभावकले सहयोग र समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका योजना प्रमुख अनन्तराज सुवेदीले युवा महिलाको आर्थिक शसक्तिकरण र जिविकोपार्जनलाई पालिकाले विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याउने बताउनुभयो ।
संवाद कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख गोगनसरा आचार्य र सुचना अधिकृत मन्दिप मल्ल समेतको सहभागिता रहेको थियो ।सो कार्यक्रममा उक्त नगरपालिकाका ३५ जना अभिभावक, ३५ जना युवा महिला र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संवादको सहजिकरण निरज न्यौपानेले गर्नु भएको थियो ।      कार्यक्रममा सहभागि युवा महिला सुभम चौधरीले संवादमा अभिभावकले गर्नु भएको प्रतिवद्धतापछि रोजगारी र व्यवसायमा लाग्न निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Next Post

संवादमा सहभागिद्धारा युवा महिलाको रोजगारीमा बिशेष जोड

२०८० जेष्ठ ५, शुक्रबार १७:४१
नेपालगञ्ज । बाँके युनेस्को क्लबले युवा महिलाको रोजगारीकालागि स्थानीय स्तरमा अवसर, सम्भावना तथा आगामी प्राथमिकताका विषयमा छलफल गर्न बर्दियाको गुलरियामा एक संवाद कार्यक्रम गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार […]

सम्बन्धित समाचार