बङ्गलादेशसँगको चौथो टी–ट्वान्टीमा अस्ट्रेलिया विजयी

  ।   २०७८ श्रावण २४, आईतवार ०७:३८

काठमाण्डौ । घरेलु टोली बङ्गलादेशसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले बङ्गलादेशलाई ३ विकेटले हराएको हो ।

ढाकामा बङ्गलादेशले दिएको १ सय ५ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका डान क्रिस्टियनले ३९, एस्टन अगरले २७ र मिचेल मार्शले ११ रन बनाए । बङ्गलादेशका महेदी हसन र मुस्ताफिजुर रहमानले २र२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । बङ्गलादेशका लागि मोहमद नाइमले २८, महेदी हसनले २३, अफिफ होसेनले २० तथा शकिव अल हसनले १५ रन जोडे । अस्ट्रेलियाका एन्ड्रयु टे र मिचेल स्विपसनले ३र३ विकेट लिए ।

जोस हाजलउडले २ विकेट लिए । पाँच खेलको श्रृङ्खला यसअघि बङ्गलादेशले जितिसकेको छ । पाँचौँ तथा अन्तिम खेल भोलि बेलुका हुनेछ ।

Next Post

ग्रिसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो अनियन्त्रित

२०७८ श्रावण २४, आईतवार ०७:३८
काठमाण्डौ । ग्रिसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो अनियन्त्रित भएको छ । वेगले चल्ने गरेको हावाका कारण डढेलो तीव्र गतिमा फैलिरहेको ग्रिसका अग्नि नियन्त्रकले जनाएका छन् । राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया टापु, प्राचीन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ । अरु ६ वटा इलाकामा आगो […]