बाँकेको जानकीमा रानालाई प्रहरीले किन गोली हान्यो ?

  ।   २०८० मंसिर १, शुक्रबार १६:४३

बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकाशजङ्ग रानालाई शुक्रबार बाँकेको जानकी गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

शाहलाई नियन्त्रणमा लिन खोज्दा भागेको हुनाले उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी डाँगीले बताउनुभयो । शाहको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको र उनको भेरी अस्पतालमा उपचार भइरहेको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

शाहले कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय कृष्ण भनिने मीनबहादुर विकलाई बिहीबार बिहान साढे ३ बजेको समयमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । विकको नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।

Next Post

मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा

२०८० मंसिर १, शुक्रबार १६:४३
दाङ । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो । कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य […]