४ लाख रुपैंया राखिएको झोला गाडीबाट गायब पारिएको छ । जाजरकोट देखि नेपालगन्ज आउने क्रममा बाँकेको बैजनाथ ३ नौबस्तकी राधिका बिकको रकम सहित झोला गायब भएको हो ।
भे१ख १९९९ नम्बरको गाडीमा ३६ बर्षिया राधिका र उहाँको भदैनी भेरी नगरपालिका अन्र्तगत पर्ने दमार बजारबाट बस्नुभएको थियो ।
दुई वटा झोला मध्ये पैसा राखिएको झोला सिटको मुनि राखिएको र हर्रेमा टमाटर, तरकारी किनी कोहलपुर बाँनियाभार चोकमा आफुहरु गाडिबाट ओर्लिएको तर झोला बिर्सीएको राधिकाले जानकारी दिनुभयो ।
मेलकुनाबाट जग्गा बिक्री गरी ल्याएको पैसा सहित गाडीबाट झोला हराएपछि राधिका बिक यतिबेला समस्यामा पर्नुभएको छ ।
उहाँले झोला फेला पारी रकम फिर्ता गर्नुहुने ब्यक्तिहरुलाई उचित पुरस्कार सहित सम्मान गरिने भन्दै सहयोगका लागी अपिल गर्नुभएको छ ।
यता वडा प्रहरी कार्यालय नेपालगंजले गाडीका सहचालकलाई सोधपुछ गरिरहेको तर अहिले सम्म आफुहरुलाई थाहा नभएको बताउदै आएको जनाएको छ । गाडी चल्न दिईएको छैन । आरोपीहरु माथी विभिन्न तहबाट खानतलासी लिईरहेको प्रहरीको भनाई छ ।
अपडेट..