आदिम कलेजले ल्याएको छात्रवृत्ति प्याकेजमा ५० देखि १०० प्रतिशत छुट

  ।   २०७७ भाद्र १३, शनिबार ०७:२५

नेपालगन्ज : काठमाडौंस्थित आदिम कलेजले छात्रवृत्ति प्याकेजको योजना ल्याएको छ । कोरोना भाइरस(कोभिड–१९) का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने आकर्षक योजना ल्याएको हो ।

कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले न्यूनतम ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिनु भयो । ‘कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको छ, यो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको हो’ प्रिन्सिपल शर्माले भन्नुभयो ।

सहायक प्रिन्सिपल कृष्ण दाहालका अनुसार कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिईनेछ । ‘हामी सबै कठिन अवस्थाबाट गुज्रिरहेका छौं’ दाहालले भन्नुभयो, ‘यस्तो बेला नाफा मात्रै सोचेर हुँदैन, हामीले अभिभावकहरुको समस्या पनि बुझ्नुपर्दछ ।’

कलेजले विद्यालय तहमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन तथा स्नातक तहमा बीसीए, बिएसइ लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यो कलेज काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहमा तत्काल अस्पताल खोल्ने निर्णय, बजेट पनि निकासा

२०७७ भाद्र १३, शनिबार ०७:२५
काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गर्नुभएको हो । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र […]

सम्बन्धित समाचार