नेपालगंज भन्सार कार्यालयले १ अर्ब ६८ करोड रुपैंया राजस्व संकलन गरेको छ ।
कार्यालयले साउन महिनामा ९४ करोड रुपैंया राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १७७ प्रतिशत बढी राजस्व संकलन गर्न भन्सार सफल भएको हो ।
कोभिड–१९ को माहामारी, लकडाउनका कारण अर्थतन्त्रमा असर परिराखेको बेला भन्सारले लक्ष्य भने आफनो लक्ष्यलाई पार गरेको छ ।
नेपालगंज भन्सार कार्यालयबाट उठ्ने राजस्व देशकै महत्वपुर्ण अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिन्छ ।



