चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

  ।   २०७८ श्रावण ८, शुक्रबार ०७:१२

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहिवार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर यस घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो।

योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८र७९ मा तीन वटा भाले गैँडा मरेका छन्। रासस

Next Post

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

२०७८ श्रावण ८, शुक्रबार ०७:१२
काठमाण्डौ । विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह ९एलेक्स० ले […]

सम्बन्धित शीर्षक