पोखरामा वार्षिक र मनसुनी वर्षामा रेकर्ड, अबका तीन दिन देशका विभिन्न ठाउँमा धेरै पानी पर्ने

  ।   २०७७ आश्विन ६, मंगलवार ०८:४४

काठमाण्डौ । बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तीको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज र भोलि मध्य र पूर्वको तुलनामा पश्चिममा अलि धेरै पानी पर्नेछ । आज वाग्मती, गण्डकी र प्रदेश ५ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यस्तै देशभरि कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना पनि नभएको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच पोखरामा वार्षिक र मनसुनी वर्षाले रेकर्ड बनाएको छ । यसअघि सन् १९९५ को मनसुनमा ४ हजार ६८ दशमलव ९ मिलिमिटर पानी परेको पोखरामा यो वर्षको मनसुनमा हिजोसम्म ४ हजार २ सय २० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको हावापानी विश्लेषण शाखाकी शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार यो वर्ष पोखराको वार्षिक वर्षाले पनि रेकर्ड बनाएको छ । यसअघि सन् १९९८ मा ४ हजार ८ सय ७९ मिलिमिटर पानी परेकोमा यो वर्ष सकिन तीन महिना बाँकी छँदै ५ हजार ९७ दशमलव ३ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो ।

मनसुन सकिन अझै केही दिन लाग्ने र यो वर्ष सकिन अझै तीन महिना बाँकी भएकाले वर्षाको रेकर्ड अझै बढ्नेछ । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिने मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गरेपनि केही वर्षयता ढिला भित्रिएर ढिलै बाहिरिने गरेको छ । यो वर्ष नेपालमा दुई दिन ढिला गरी मनसुन भित्रिएको थियो भने धेरै ठाउँमा औषत भन्दा धेरै पानी पानी परेको छ । – UjyaaloOnline

Next Post

डाक्टर गोविन्द केसीलाई आज काठमाण्डौ लगिने

२०७७ आश्विन ६, मंगलवार ०८:४४
नेपालगन्ज । स्वास्थ्य सेवा सुधारका माग राखेर अनसन बस्दै आउनुभएका डाक्टर गोविन्द केसीलाई आज काठमाण्डौ लगिने भएको छ । जुम्लाबाट हिजो (सोमबार) नेपालगञ्ज आइपुगेका डाक्टर केसीलाई आज काठमाण्डौ लगिन लागिएको हो । हिजो नेपालगञ्ज–काठमाण्डौ उडान नभएपछि उहाँलाई भेरी अस्पतालको आइसीयूमा राखिएको छ । उहाँलाई आज (मंगलबार) बिहान साढे ११ बजे […]

सम्बन्धित शीर्षक