‘सङ्क्रमितको सम्पर्कमा गएको पाँच दिनपछि मात्रै स्वाब दिनु’ : मन्त्रालय

  ।   २०७७ श्रावण ३१, शनिबार १८:११

संवाददाता, नेपालगन्ज
३१ साउन २०७७ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको सम्पर्कमा गएका व्यक्तिलाई सम्पर्कमा गएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन आग्रह गरेको छ ।

शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । तर पाँच दिन सम्म भने घरमै आइसोलेशनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना बढेको भन्दै यस्तो नगर्न आग्रह गरेको छ । कसैले स्वास्थ्यकर्मी तथा कोरोना सङ्क्रमितलाई दुर्व्यवहार गरेमा कारबाही गर्ने पनि मन्त्रालयले चेतावनी दिएको छ ।

यसैगरी मन्त्रालयले देशका सबै शिक्षण अस्पतालहरुलाई आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि छुट्टै भवनमा आइसोलेशनको व्यवस्था गरी एक तिहाई शैया कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको छ

Next Post

जोर सवारी साधनबाट नेपालगन्जमा ७० हजार जरिवाना असुल

२०७७ श्रावण ३१, शनिबार १८:११
योगेश पाण्डे बाँके । नेपालगन्जमा सनिवार १ सय १५ जोर सवारी साधनबाट ५७ हजार ५ सय जरिवाना आसुल भएको छ । बाँके जिल्ला प्रशासनले गरेको निर्णयलाई उल्लंघन गरेपछि सो जरिवाना अशुल गरेको प्रहरीले जनाएको छ । कोरोना कोभिड-१९ जनस्तरमा बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन, निषेधाज्ञा र शिल […]