नेपालगञ्ज । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको आयोजनामा हुनगैरहेको ´मिडिया सम्मेलन २०८०`मा उठाउनुपर्ने एजेण्डाका सम्बन्धमा मंगलबार प्रेस सेन्टरले नेपालगञ्जमा छलफल कार्यक्रम गरेको छ ।
छलफलमा श्रमजिवी पत्रकारको पारिश्रमिक, नेपाली पत्रकारिताको व्यवसायिक व्यवस्थापन, अग्रज पत्रकारहरुको सम्मान तथा नयाँ पत्रकारहरुका वृत्तिविकास कार्यक्रम, विज्ञापन नीतिमा सुधार, मिडियाको स्थानीयकरण, मिडियाको संरचनागत सुधारका योजना, पत्रकारका आस्थागत संगठनको मर्यादित व्यवस्थापनलगायतका विषय सम्मेलनमा एजेण्डाका रुपमा प्रवेश पाउनुपर्नेमा सहभागिहरुको जोड रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानले नेपालमा पत्रकारिता र पत्रकारलाई व्यवस्थित बनाउन सकियो भने अन्य व्यवस्थायिक समस्या क्रमशः आपैm समाधान हुने बताउनुभयो ।
सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकको अध्यक्षतामा भएको छलफलमा नेपाल पत्रकार महासंघ, बाँकेका पूर्व अध्यक्ष नीरज गौतमले नेपालमा अपवादबाहेक विशुद्धरुपमा व्यवसायिक पत्रकारिता हुँदै आएको बताउदै, केहि अप्रिय घटनाले नेपालको पत्रकारिता क्षेत्र बदनाम हुँदैन भन्नुभयो ।
त्यस अवसरमा पत्रकार महासंघका बाँके उपाध्यक्ष करुणा शाह, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष अर्जुन ओली, पत्रकारहरु रुपनी जिएम, रुपा गहतराज, भिष्म लोधलगायतले बोल्नुभएको थियो ।