पर्वका दिन परीक्षा नराख्न मुस्लिम समुदायको माग

  ।   २०७८ श्रावण ५, मंगलवार ११:०८

समीर अली बेहना                                                            बाँके ।  त्रिभुवन विश्व विद्यालयद्वारा हुने वार्षिक परिक्षा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन नराख्न मुस्लिम समुदायले माग गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट हुने वार्षिक परीक्षा प्रत्येक वर्ष पर्वको दिन राख्ने गरेको समुदायको गुनासो छ ।

मुस्लिम समुदायले यस विषयलाई लिएर चौतर्फी आलोचना सुरु गरेका छन् । त्रिभुवन विश्व विद्यालयद्वारा सार्बजनिक गरिएको सूचना पत्रमा दृतिय बि.बि.एस, बि.बि.ए, बि.एस. सि. लगायतको परिक्षा साउन ५ गते देखी तोकिएकोले ६ गते पर्वको दिन समेत परीक्षा पारिएको छ । उक्त सूचना पत्रमा मुस्लिम समुदायको महान पर्व इदुल अजहाको दिन परिक्षा तोकिएकोले चौतर्फी आलोचना सुरु भएको हो ।

नेपाला वल्मा काउन्सिल बाँके तथा बर्दीयाका संयोजक मुफ्ती मोहम्मद कैफुल्वरा खानले भन्नु हुन्छ, `पर्व कै दिन परिक्षा राख्नु र मुस्लिम समुदायको महान पर्वहरुमा सार्बजनिक विदा कटौती गर्नु चिन्ताजनक विषय हो । यस्तो समस्याहरु समाधान गर्न नेपाल सरकारको समयमा  ध्यानाकर्षण हुन जरुरी छ । अन्य समुदाय जस्तै मुस्लिम समुदाय पनि नेपाली नागरिक रहेकोले पर्वमा कटौती भएका सार्वजनिक विदालाई पुनबहाली गर्नुपर्छ । पर्वको दिन तोकिएको परिक्षा तत्काल स्थगित गर्नु पर्छ । यसबाट मुस्लिम समुदायका विद्यार्थीहरुलाई समस्या भएको छ । देशको विभिन्न ठाउँमा अध्यनरत विद्यार्थीहरुलाई पर्व मनाउन घर फर्किनु पर्ने हुन्छ जुन परिक्षाको कारण सम्भव हुँदैन । जसले गर्दा सरकारले मुस्लिम समुदाको हकहित हुनेगरी त्रिभुवन विश्व विद्यालयले काम गर्न जरुरी छ ।´ मुस्लिम समुदायको अनुसार पञ्चायतकाल देखी मुस्लिम समुदायले पाई रहेको समुदायको महान पर्व ईदुल फित्र, ईदुल अजहा र ईदे मिलादुन नबिको सार्बजनिक विदा सरकारले  कटौती गरी धर्म निर्पेक्षता माथी नै प्रश्न खडा गरेको छ । उहाँले भन्नु भयो तत्काल इदुल अजहाको विदा दिएपनी यसलाई राजपत्रमा घोषणा गर्न जरुरी छ । त्यस्तै नेपालगञ्ज मुस्लिम समाजका संस्थाका महासचिव एवम नेपाल हज कमिटीका केन्द्रिय सदस्य मेराज अहमद हल्वाइले भन्नू हुन्छ, `त्रिभुवन विश्वविद्यालय नेपालको एउटा त्यस्तो संस्था हो, जहाँ सबै समुदायको विद्यार्थीहरु पढ्ने गरेका छन् । त्यसैले त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायमा सबै  जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका अध्यनरत विद्यार्थीहरुको आस्था श्रद्धामा चोट नपुग्ने गरि सूचना तयार पार्नु जरुरी छ । सबै समुदायको नागरिकहरुको मर्म र भावनाअनुरुप कार्य गरेमा मात्र सबैको “त्रिभुवन विश्वविद्यालय” हो, भन्ने भावना प्रकट हुन्छ । लकड़ाउनको अवधि भरी विद्यार्थीहरुले घरमै समय विताउँदै आएका छन् । जसले गर्दा पढाई हुन सकेको छैन । तर अचानक त्रिभुवन विश्वविद्यालयले परीक्षा लिन हतार गर्दै परिक्षा तोक्नु विद्यार्थीहरुको हकहित विपरीत छ ।`

मुस्लिम समाजका आलम खानले बताउनु भयो, ´त्रिभुवन विश्व विद्यालयले श्रावण ५ गते देखि बि.एस.सी. दोस्रो बर्ष, बि.बिए.स. दोस्रो बर्ष र बि.ए. दोस्रो बर्षको परीक्षा लिने तालिका सार्वजनिक गरेको छ । त्यस तालिका अनुसार श्रावण ६ गते मुस्लिमहरुको दोस्रो ठुलो चाड इद-उल-अजहाको दिन समेत ३ वटै संकायको परीक्षा राखेको छ । मुलुकमा बस्ने  मुस्लिम समुदायले लोकतन्त्र र धर्म निरपेक्षताको अनुभुती कहिले गर्न पाउने ?` वरिष्ठ पत्रकार सिराज खान बताउनु हुन्छ, “त्रिभुवन विश्व विद्यालयले परिक्षा तालिका तयार पार्दा सबैको चाडपर्वको ध्यान दिने तर मुस्लिम समुदायको बारम्बार उपेक्षा किन गरेको छ ?  कति ! दुर्भाग्य र लाजमर्दो अवस्था हो ?” एक मुस्लिम अगुवाका अनुसार “हाम्रो मुस्लिम नेताकार्यकर्ता र मुस्लिम आय‍ोगको समेत बिजोग अवस्था छ । प्रत्येक वर्ष भिख मागे जस्तै सार्वजनिक बिदाको लागि प्रधानमन्त्री र गृहमन्त्री कहाँ विज्ञप्ति लिएर जाने त्यहाँबाट आश्वासन लिएर आउने काम मात्र भएको छ ।  मुस्लिम विद्यार्थीहरुको लागि  हरेक वर्ष चिन्ताजनक विषयको रुपमा सूचना सार्बजनिक हुने गरेकोले कानुनी र संवैधानिक रुपमा मुस्लिम समुदायको पर्वहरुमा राष्ट्रिय स्तरमा सार्वजनिक विदा राज्यले दिनुपर्छ ।” नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय, मुस्लिम आय‍ोग लगायत विभिन्न विद्यार्थी संगठन र दलका नेता लगायत सम्पूर्ण शौक्षिक सरोकारवाला  निकायहरुको समयमै ध्यानाकर्षण गरि मुस्लिम समुदाय र मुस्लिम विद्यार्थीहरुको हकहित अनुकूल हुने गरि नीति नियम बनाउनु पर्छ भन्ने मुस्लिम समुदायको माग रकेको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत विध्यार्थी शेराज सिद्दीकी भन्नु हुन्छ,  ` नेपाल सरकारले मुस्लिम समुदायको महान पर्व कटौती गरेर निरपेक्षता नै गुमाएको छ । पटकपटक यस विषयमा मुस्लिम समुदायले आवाज उठाउँदा समेत ध्यानाकर्षण नहुनु चिन्ताजनक विषय हो ।” पुन: हल्वाइले  दोहोर्‍याउनु भयो, “नेपाल मुस्लिम आयोग, मुस्लिम विद्यार्थी, मुस्लिम अगुवा र विभिन्न दलहरुले समेत पटकपटक आवाज उठाउँदै आएका छन् । त्रिभुवन विश्व विद्यालयले तत्काल पर्वको दिन तोकिएको परिक्षालाई स्थगित गरी प्रज्ञागिक संस्था रहेको अनुभुती गराउन जरुरी छ ।´

Next Post

प्रचण्डलाई मापदण्डविपरीत थप सुरक्षाकर्मी

२०७८ श्रावण ५, मंगलवार ११:०८
संवाददाता, काठमाडौँ । सरकारले मापदण्डविपरीत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का लागि सुरक्षाकर्मी थपेको छ । शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेलगत्तै गृह मन्त्रालयले ‘पटके निर्णय’ गरी डीएसपीको कमान्डमा दर्जन प्रहरी थपेको हो । अघिल्लो सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको […]

सम्बन्धित शीर्षक