बाँके खजुराको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

  ।   २०७९ असार ४, शनिबार २१:३६

  नेपालगन्ज । आर्थिक बर्ष २०७९/०८० को निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न देशैभरका स्थानीय पालिकाहरु जुटेका छन् । यस्तै बाँकेको खजुरा गाउपालिकाले नीति, कार्यक्रम तथा बजेट तयारी गर्न यहि आउदो असार ९ गते दोस्रो गाउँ सभा बोलाउने भएको छ । 

खजुरा गाउपालिकाका प्रबक्ता धनराम ओलीका अनुसार असार ९ गते बिहान ११ बजे खजुराको गोदावरी कटेजमा दोस्रो गाउँ सभा भव्य रुपमा सम्पन्न गर्ने तयारी भएको बताउनु भयो । ९ गते नीति , कार्यक्रम प्रस्तुत गर्ने र १० गते बजेट प्रस्तुत गर्ने प्रवक्ता ओलीले गुडन्युज खबरलाई बताउनु भयो  । नीति, कार्यक्रम तथा बजेट ल्याउन भव्य तयारी भएको पालिका अध्यक्ष डम्बरबहादुर बिक तुफानले बताउनु भएको छ । नमुना खजुरा बनाउने आफूले परिकल्पना गरेको बताउदै अध्यक्ष तुफानले अहिले देखिनै नीति , कार्यक्रम तथा बजेटमा आफूहरु केन्द्रित भएको बताउनु भयो ।

Next Post

नेपालगन्जका मुस्लिम युवा द्वारा हज यात्रीलाई बिदाई

२०७९ असार ४, शनिबार २१:३६
   नेपालगन्ज । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई बाँकेमा औपचारिक रुपमा बिदाई गरिएको छ ।  मुस्लिम युवाहरुद्वारा नेपालगञ्जको इदगाहमा आयोजित एक कार्यक्रमका बिच बाँकेबाट जान लागेका हाजीहरुलाई टोपी, गम्छा र महिलाहरुलाई एहराम प्रदान गरी बिदाई गरिएको हो । मुस्लिम युवाहरु अधिवक्ता जमालुद्दीन अन्सारी, मानव अधिकारकर्मी […]