नेपालमा अब दुई दिन सार्वजनिक विदा हुने

सरकारी कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कायम

  ।   २०७९ बैशाख १४, बुधबार १४:५३

संवाददाता ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले भारतको नयाँदिल्लीमा हुने राइसेना डायलगमा सहभागी हुन जान लाग्नुभएका राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताको लागि स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले शशस्त्र प्रहरीको शशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डिआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

इकान्तिपुरबाट

Next Post

माओवादी केन्द्र नेपालगन्ज-१८ ले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

२०७९ बैशाख १४, बुधबार १४:५३
नेपालगन्ज । नेपालगन्ज १८ नेकपा माओवादी केन्द्रले प्रतिबद्धता पत्र सर्बजनिक गर्दै छ । नगर सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रिय सचिब तुल्सिमनी केसीका अनुसार अहिले ५ बजे देखि प्रतिबद्धता पत्र सर्बजनिक गरेर चुनावी प्रचार प्रसारमा तिब्र रुपमा लाग्ने बताउनु भयो । यस्तै वडा अध्यक्षका उम्मेदवार परमेश्वरले जनताका बीचमा प्रतिबद्धता पत्र अनुसार […]