मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा नयाँ ब्यक्ति नियुक्त

  ।   २०७७ फाल्गुन ५, बुधबार १९:०५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो ।

उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णु बहादुर विक (विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्ण प्रसाद आचार्य र स्वकीय सचिवमा रवीन्द्र शाहीलाई नियुक्त गरिएको बताउनुभयो ।

पार्टीका अन्य नेता कार्यकर्तालाई पनि अवसर प्रदान गर्ने हेतुले सचिवालय हेरफेर गरिएको जनाउँदै यसमा अन्य कुनै कारण नभएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

तीन वर्षसम्म सचिवालयमा रहेर काम गर्नुभएका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह र स्वकीय सुमन शाहीलाई आजै बिदाइ गरेको छ ।

यही फागुन २ गते कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृतिका बारेमा भने प्रदेश सरकारले जानकारी गराएको छैन ।

प्रशासनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार नगरी ल्याईएका सामान बरामत

२०७७ फाल्गुन ५, बुधबार १९:०५
संवाददाता, नेपालगंज। आज बिहान भन्सार नगरी नेपाल ल्याईएका दैनिक उपभोग्य बस्तु बरामत गरी नेपालगंज भन्सार कार्यालय बुझाईएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटि गएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नम्बर ६ पिप्रहवा चोकबाट सामानहरु बरामत गरेको हो । जसमा आलु ९७० किलो, प्याज ४५ किलो, लसुन ३५ किलो, नुन […]

सम्बन्धित समाचार