बर्दियाको ठाकुरद्धारामा पाँच दिने जीवनउपयोगी सिप बिकास तालिम सम्पन्न

  ।   २०८१ पुष १७, बुधबार १६:२७

नेपालगन्ज, पुस १६ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनलसंगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरिरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो ।

सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा आत्म–जागरूकता, प्रभावकारी संचार कौशल, अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा निर्णय क्षमता बढाउनुका साथै समस्या समाधान र नेतृत्व विकासमा केन्द्रित ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्व सहित आत्मरक्षा एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी ज्ञानहरु पनि प्राप्त गरेको बताउनुभयो ।

तालिममा सहभागि युवतीहरु निकै हर्षित र उत्साहित भएको जनाउँदै समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न उनिहरुले प्रतिवद्धता समेत जनाएको बताईएको छ । सो तालिममा राजापुर नगरपालिकाबाट २५ जना युवा महिलाको सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको सभापतित्वममा सम्पन्न भएको तालिमको समापन समारोहमा सहभागिहरुलाई बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, वरिष्ठ उपाध्यक्ष गुरुंग र तालिमका प्रशिक्षक दिनेश चौधरी लगायतले प्रमाणपत्र बितरण गर्नुभयो ।

सहभागीहरुको तर्फबाट बोल्दै रामकुमारी चौधरीले जीवन सीप तालिमले आफुहरुको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले धेरै उपयोगी सावित भएको बताउनुभयो ।      सहभागि मध्येकै एक अनिता थारुले सञ्चालन गर्नु भएका सो कार्यक्रममा बाँके युनेस्को क्लबका लजिस्टिक अफिसर शंकर सिङ्ग थारु, सहायक प्रशिक्षक अनिता विष्ट, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको पनि उपस्थिति रहेको थियो ।

Next Post

निशुल्क स्वास्थ्य शिविरमा १ सय १४ जना बिरामीको चेकजाँच

२०८१ पुष १७, बुधबार १६:२७
सबिता चन्द बाँके / खजुरा गाउपालिका वडा नं। २ सितापुर स्वस्थ्य चौकीमा नाक कान घाँटीको एकदिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । असल छिमेकी सामुदायिक स्वस्थ्य केन्द्रको सहयोग र खजुरा २ को समन्वयमा हिजो १६ गते एकदिने स्वस्थ्य शिविर सम्पन्न भएको हो ।    स्वस्थ्य शिविरमा नाक कान घाँटीका […]