क्याम्पस प्रमुख अग्रवालको निधन

  ।   २०७७ आश्विन १०, शनिबार १७:०१

नेपालगंज : बर्दियाको बबई बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख बिनोद अग्रवालको निधन भएको छ ।

५० बर्षिय अग्रवालको उपचारकै क्रममा भेरी अस्पताल नेपालगंजमा आज निधन भएको हो । उहाँलाई फोक्सोको क्यान्सर रहेको चिकित्सकले जनाएका छन् ।

अग्रवाल लाई कोरोनाको सक्रमण पनि देखीएको थियो । यो संगै बाहिरी जिल्ला बाट आई बाँकेमा मृत्यु हुने कोरोना संक्रमितहरुको संख्या ६ जना पुगेको छ ।

Next Post

हालसम्म बॉकेमा १२ जना कोरोना संक्रमितको मृत्यु

२०७७ आश्विन १०, शनिबार १७:०१
बाँके । बाँकेमा हाल सम्म १२ जना कोरोना संक्रमित को मृत्यु भएको छ । डीसीसीएमसी बांकेका अनुसार यो तथ्याक २०७७ बैशाख देखी यताको हो । अहिले बॉकेमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९० जना पुगेको छ । सक्रमित मध्ये नेपालगंज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रका धेरै छन् । […]