बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा, WHO को भूमिका महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीको भनाई

  ।   २०७९ माघ २७, शुक्रबार १७:३५

बर्दिया । बर्दियामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको बताउनु भयो ।
जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना वडा नं. ९ मा ३ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा १० जनामा दादुरा रुवेला देखिए पछि बढैयाताल र गुलरीया नगरपालिकाको वडा नं.९ मा खोप लगाए संग दादुर रुबेला शून्यमा झरेको जानकारी दिनु भयो ।


उहाँले दादुरा संक्रमण देखिएको पालिकाका शतप्रतिशत बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिएकोले डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो ।


गुलरीया नगरपालिकाका जनस्वास्थ्य निरीक्षक शिव कुमार चौधरीले गुलरीयाको वडा नं. ९ टेपरीमा ३ जनामा दादुरा देखिए पछि विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति पाल रमन लगायतका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी खोप, भिटामिन ए क्याप्सुल लगायतका औषधि उपलब्ध गराएको बताउनु भयो । उहाँले भन्नुभयो, दादुरा रुबेला नियन्त्रणमा बिश्व स्वास्थ्य संगठनका चिकित्सक रमन सहितको टोलीको अथक प्रयासका कारण बर्दियामा दादुरा रुबेला समयमा नै नियन्त्रणमा आएको जिकिर गर्नु भयो ।       

Next Post

नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको झलक

२०७९ माघ २७, शुक्रबार १७:३५
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् । प्रतियोगिताको बिहिबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा […]

सम्बन्धित शीर्षक