बाँके । बाँकेको बैजनाथ गाउँपालिका ५ जि गाउँमा शनिबार राती स्थानीय सुरत सिंह ठकुरीको घरमा चोरी भएको छ । चोरहरुको आतंकले सर्वसाधारणहरु त्रसित छन् ।
नगद करिब १५ हजार सहित सुनचाँदिका गरगहना चोरिभएको सुरत सिंह ठकुरीले बताउनु भयो । त्यस्तै सुनको सिक्री १ थान औंठि २ थान तिलहरी १ थान झुम्का १ जोडी गरि करिब ३ लाख ५ हजार बराबरको गरगहना र नगद चोरी गर्नुका साथै जग्गा धनी लालपुर्जा र अन्य अत्यावश्यक कागजात चोरी गरि कोठामा आगो लगाएर एउटा पलङ्ग समेत जलेको प्रहरी चौकी सम्झनाका ईन्चार्जले बताउनु भयो ।
बैजनाथ गाउँपालिका ६ सम्झनामा गत असार २० गते स्थानीय ममता नेपालीको घरबाट करिब ९० लाख बराबरको सुनचाँदीका गहना र ४ लाख ९५ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ । एक महिना नबित्दै चोर सक्रिय हुनु कतै न कतै सुरक्षा निकाय समेत असफल भएको होकि भन्ने अनुमान सर्वसाधारणको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबिन्द्र खनालले रात्रिमा चोरी हुने घटनालाई नियन्त्रण गर्न रात्री प्रहरी सेवा सुरु गरे पनि सो रात्रि सेवा प्रभावकारी हुन सकेको छैन भन्दै सर्वसाधारणले गुनासो गर्न थालेका छन् । यसरी चोरीका घट्ना बढ्दै जान थालेपछि सुरक्षा निकायले अनुसन्धानलाई प्रभावकारी बनाउने डिएसपी खनालले बताउनु भयो ।चोरीका घटना दिनहुँ वृद्धि हुँदै गर्दा जिल्लाको शान्ती सुरक्षामा समेत असर परेको जानकारहरु बताउँछन् । चोरीका घटना नियन्त्रण गर्न सम्बन्धित निकायले छिटोभन्दा छिटो पहल लिओस भन्ने अपेक्षा पीडितहरुको छ ।