बुझायो १७ बुँदे मागपत्र अखिल समाजवादीले

  ।   २०८१ असार ११, सोमबार २०:४५

सबिता चन्द

नेपालगन्ज । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) ले १७ बुँदे माग पत्र बुझाएको छ । शिक्षा विकास समन्वय इकाई र नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद शाखामा १७ बुँदे मागपत्र बुझाएको हो ।

नेपालगन्ज भित्र शिक्षामा देखिएका विकृति र विसंगतिलाई लक्षित गरि संगठनले माग पत्र बुझाएको जिल्ला संयोजक सागर सेन सीले बताउनु भयो । सो का अनुसार जिल्ला र उपमहानगरपालिकाले आफ्नो मागपत्र अनुसार काम गर्न नसके तत्काल आन्दोलनमा उत्रने चेतावनी दिनु भयो ।नेपालगन्ज उपमहानगरपालिकामा आइतबार र शिक्षा समन्वय इकाईमा सोमबार मागपत्र बुझाएको इन्चार्ज हरी सीले बताउनु भयो । हरि सी र सागर सेनको संयुक्त हस्ताक्षरित मागपत्रमा शिक्षा क्षेत्रमा देखापरेको १७ बुँदे विभिन्न माग राखी शिक्षा निकायलाई झकझक्याए छ ।

१७ बुँदे मागलाई सम्बोधन नगरे आन्दोलनमा उत्रने चेतावनी दिइएको हरि सीले बताउनु भयो ।

Next Post

विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री

२०८१ असार ११, सोमबार २०:४५
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र […]

सम्बन्धित शीर्षक