न्यायका लागी पैदल यात्रा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी धर्ना

  ।   २०७८ आश्विन ९, शनिबार १८:०७

संवाददाता, वुटवल ।

निर्मला कुर्मी र नन्कुन्नी धोबी हत्या घटनाका दोषिलाई कारबाहीको माग राख्दै नेपालगंज देखी काठमाडौं सम्म पैदल यात्रामा हिडेका आफन्त र अधिकारकर्मीको टोली ९ औं दिनमा बुटवल पुगेको छ ।

‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’ भन्ने नाराका साथ न्याय माग्दै बुटवल नगर परिक्रमा गरी आज अपराहन्न साढे ४ बजे देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी बुटवलमा धर्ना दिन शुरु गरिएको अधिकारकर्मी रुवी खानले सामाजिक संञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

यसअघि मृतकका आफन्त र अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि लगातार धर्ना दिएका थिए ।

 

बाँकेको नेपालगंज १७, परसपुरकी निर्मला कुर्मीको अपहरण पछि हत्या गरिएको र जानकी २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको परिवार भित्रैबाट दिईएको यातनाका कारण ज्यान गएको पीडितका आफन्तले बताउदै आएका छन ।

 

यो पनि हेर्नुहोस । पहुँच बिहीनलाई 

Next Post

भारतीय महिला अधिकारकर्मीको निधन

२०७८ आश्विन ९, शनिबार १८:०७
संवाददाता । भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि क्यान्सरबाट पीडित भासिनको आज निधन भएको हो । भासिन दक्षिण एसियामा आफ्ना नारा, गीत र बेजोड तर्कका साथ नारीवादी आन्दोलनलाई उचाइमा पु¥याउने व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो । ग्रामीण महिलादेखि महानगरीय […]

सम्बन्धित समाचार