शिक्षाका कुरा : बाँकेका दुई पालिका बाहेक सबैमा पढाई शुरु

करिब ३४ जना शिक्षक, शिक्षिकाहरु कोरोना संक्रमित भएको प्राराम्भिक तथ्यांक

  ।   २०७७ पुष ८, बुधबार १८:३३

  • नक्सा तस्वीर जिल्ला समन्वय समिति बाँके ।

प्रेम विश्वकर्मा, नेपालगंज ।
देशका विभिन्न ठाउँमा हतारै हतारमा २०७६ सालको बार्षिक परीक्षा सकेर बन्द भएका विद्यालयहरु विस्तारै खुल्न थालेका छन । तर बाँकेका ८ पालिकामध्ये डुडुवा र जानकी गाउँपालिकामा भने अझै पनि पुर्ण रुपमा विद्यालयहरु खुल्न सकेका छैन्न ।

जानकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अयोध्या प्रसाद यादवले शिक्षक, विद्यार्थीको कोरोना चेकजाँच गर्ने सकिने अवस्था नभएको जनाउदै विद्यालय खुलाउने औपचारिक निर्णाय पालिकाले नगरेको बताउनुभयो ।

यस्तै डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख संजय कुमार कर्णले पनि छिमेकी पालिकाहरुको अवस्थालाई विश्लेषण गर्दै पर्ख र हेरको नीतिमै पालिका रहेको बताउनुभयो ।

उहाँले डुडुवा गाउँपालिकामा विद्यालय खोल्न अनुमति नदिईएको जनाउदै अनुमति बिना खुलेका विद्यालयहरुलाई कारबाही गरिने जानकारी दिनुभयो ।

नेपालगंज, कोहलपुर, खजुरा, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा भने करिब–करिब सबै विद्यालयहरु खुली सकेका छन ।

नेपालगंज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापाले विद्यार्थीको संख्या हेरेर कतिपय विद्यालयले दुई सिप्टमा कक्षा संञ्चालन गरिरहेको बताउनुभयो ।

कोरोनाको जोखिमलाई ध्यान दिई सामाजिक दुरी कायम गर्दै पालिकाका सबै विद्यालयहरुलाई आवाश्यक निर्देशन दिईसकिएको उहाँले बताउनुभयो ।

कोभिड–१९ को विश्वब्यापी महामारी शुरु भएयता हालसम्म बाँकेमा करिब ३४ जना शिक्षक, शिक्षिकाहरु कोरोना संक्रमित भएको प्राराम्भिक तथ्यांक प्राप्त भएको छ । विद्यार्थीहरुको संख्या भने कत्ति पनि अभिलेखीकरण हुन सकेको छैन ।

गुडन्युजलाई प्राप्त विवरण अनुसार हाल सम्म बाँकेमा नेपालगंज उपमहानगरपालिकामा कार्यरत १ जना शिक्षा अधिकृत दान बहादुर विष्ट र जानकी गाउँपालिका वडा नम्बर ६ माबि भाटनपूर्वाका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामफेरन गडरियाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पाईएको छ ।

उता स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन मान बहादुर नेपालीले पीसीआर चेकजाँच लागी पुगेका ब्यक्तिहरुले पेशा नभनीदिने गरेका कारण जिल्लामा कति शिक्षक, शिक्षिका, विद्यार्थी कोरोना संक्रमित भए भनेर अहिले छुट्टाउन नसकिएको जानकारी दिनुभयो ।

उसो त संम्बन्धित पालिकाहरुले पनि यथेष्ट तथ्यांक राख्न सकेका छैन्न । तर अधिकांश शिक्षक, शिक्षिकाहरुको कोरोना बीमा गरिएकाले संक्रमित भएकाहरु बीमा भुक्तानी दाबी गर्नका लागी पालिकामा सिफारिस लिन आए मात्र उनीहरु संक्रमित भएको जानकारी प्राप्त हुने गरेको छ ।

पालिका आफैले पनि चेकजाँच तथा संक्रमितहरुको तथ्यांक अभिलेखीकरणका लागी भने त्यति चासो देखाउन सकेका छैन्न ।

समग्रमा जिल्लाको कोरोना अवस्था हेर्दा हाल सम्म बाँँकेमा ४२ जनाको कोरोना संक्रमण सँंग सम्बम्धित कारणले मृत्यु भएको छ । बुधबार दिउँसो सम्म जिल्लामा संक्रमितको संख्या ४ हजार २ सय ९१ नाघेको छ ।

 

कुन पालिकामा कति शिक्षक, शिक्षिका संक्रमित

१. नेपालगंज उपमहानगरपालिका – १२ जना
२. कोहलपुर नगरपालिका – ५ जना (अनुमानित)
३. खजुरा गाउँपालिका – ३ जना
४. जानकी गाउँपालिका – जानकारी छैन
५. बैजनाथ गाउँपालिका – ६ जना
६. डुडुवा गाउँपालिका – ३ जना
७. राप्तीसोनारी गाउँपालिका – ४ जना
८. नरैनापुर गाउँपालिकामा – १ जना

 

पठनपाठनका लागी जिल्लामा तोकिएको शिक्षक, शिक्षिकाहरुको कोटा संख्या

प्राबि (१–५)
दरवन्दी – ८१३
राहत – ४६०

निमाबि (६–८)
दरवन्दी – १८३
राहत – १०२

माबि (९–१०)
दरवन्दी – १५२
राहत – ५२

उमाबि (११–१२)
दरवन्दी – २१
राहत – ४१
स्रोत : जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाँके ।

Next Post

प्रधानमन्त्री ओलीको अहंकारले प्रतिनिधि सभा विघटन

२०७७ पुष ८, बुधबार १८:३३
कम्युनिष्ट पार्टी जो फरक फरक बिपरीत धुर्वका कम्युनिष्ट पार्टी बिच अप्रत्यासी तरिकाले पार्टी एकता हुँदा नेता कार्यकर्ता आश्चर्य चकित भएका थिए । तर पनि नेता कार्यकर्ता उत्साहित नै भए, अर्को तर्फ नेपालमा राजनितिक दल धरै भए, कुनै पनि निकास, बिकास नदिने पार्टी स्थापना गर्ने, गफले मात्र देश बिकास गर्ने प्रबृत्ती […]

सम्बन्धित शीर्षक