भारतीय महिला अधिकारकर्मीको निधन

  ।   २०७८ आश्विन ९, शनिबार १८:२३

संवाददाता ।
भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि क्यान्सरबाट पीडित भासिनको आज निधन भएको हो ।

भासिन दक्षिण एसियामा आफ्ना नारा, गीत र बेजोड तर्कका साथ नारीवादी आन्दोलनलाई उचाइमा पु¥याउने व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो ।

ग्रामीण महिलादेखि महानगरीय संस्कृतिमा हुर्के बढेका महिलाहरूलाई एकसूत्रमा बाँध्दै भारतीय नारीवादी आन्दोलनलाई संगठित स्वरूप दिनमा उहाँको भूमिका महत्वपूर्ण मानिन्छ ।

सन् १९७५ मा महिलाहरूको अवस्थाबारे संसदीय समितिले तयार पारेको रिपोर्टबाट सुरु भएको भासिनको महिलावादी आन्दोलन बलात्कार कानुन संशोधन, मथुरा बलात्कार घटना, दाइजोका कारण हुने हत्याविरुद्ध थालेको संघर्ष भारतमा चर्चित बनेका थिए ।

भासिनले जहिले पनि महिलावाद पुरुष–महिलाबीचको युद्ध नभइ पितृसत्ताको सिद्धान्त विरुद्ध रहेको बताउने गर्नुहुन्थ्यो ।

इमेज खबरबाट

Next Post

भारत : सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास, ७० वर्षमा धार्मिक संरचनामा सामान्य परिवर्तन मात्र : अध्ययन

२०७८ आश्विन ९, शनिबार १८:२३
संवाददाता । प्यू रिसर्च सेन्टरले गरेको एउटा अध्ययनमा भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको देखाएको छ । त्यसले गर्दा सन् १९५१ पछि त्यहाँको धार्मिक संरचनामा “सामान्य मात्र परिवर्तन“ देखिएको छ । भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा दुईवटा ठूला धार्मिक समूह हिन्दू र मुस्लिमले ९४ प्रतिशत भाग […]