भारत : सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास, ७० वर्षमा धार्मिक संरचनामा सामान्य परिवर्तन मात्र : अध्ययन

  ।   २०७८ आश्विन १०, आईतवार १८:१०

संवाददाता ।

प्यू रिसर्च सेन्टरले गरेको एउटा अध्ययनमा भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको देखाएको छ । त्यसले गर्दा सन् १९५१ पछि त्यहाँको धार्मिक संरचनामा “सामान्य मात्र परिवर्तन“ देखिएको छ ।

भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा दुईवटा ठूला धार्मिक समूह हिन्दू र मुस्लिमले ९४ प्रतिशत भाग ओगटेका छन । बाँकी ६ प्रतिशतमा इसाई, सिख, बौद्ध र जैन छन् ।

भारतमा प्रत्येक दश वर्षमा हुने जनगणना र राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण (एनएफएचएस) को तथ्याङ्कमा आधारित भएर प्यू रिसर्च सेन्टरको अध्ययनले देशको धार्मिक संरचना कसरी परिवर्तन भयो र त्यो परिवर्तनका पछाडिका मुख्य कारण के हुन् भनेर जाँच गरेको थियो ।

औपनिवेशिक भारतको सन् १९४७ मा हिन्दूबहुल भारत र मुस्लिमबहुल पाकिस्तानमा विभाजन भएपछि जनसङ्ख्या तीन गुनाभन्दा बढी भएको छ ।

सन् १९५१ मा भारतको जनसङ्ख्या ३६ करोड १० लाख थियो भने सन् २०११ मा त्यो बढेर एक अर्ब २० करोडभन्दा बढी भयो । सन् १९५१ देखि स्वतन्त्र रूपमा जनगणना हुन थालेको भारतमा पछिल्लो पटक सन् २०११ मा जनगणना भएको थियो ।

उक्त अध्ययनले सो अवधिमा भारतका सबै धर्मका अनुयायीको जनसङ्ख्यामा वृद्धि पाएको छ ।

हिन्दूको जनसङ्ख्या ३० करोड ४० लाखबाट बढेर ९६ करोड ६० लाख, मुस्लिमको जनसङ्ख्या तीन करोड ५० लाखबाट बढेर १७ करोड २० लाख र आफूलाई इसाई भनेर चिनाउने भारतीयको सङ्ख्या ८० लाखबाट बढेर दुई करोड ८० लाख पुगेको छ ।

थप समाचार पढ्न यहाँ जानुहोस ।

बीबीसी नेपालीबाट

Next Post

पर्यटन : कोभिड–१९ पछि सहयोगी हातको पखाईमा बर्दिया

२०७८ आश्विन १०, आईतवार १८:१०
प्रेम विश्वकर्मा, बर्दिया। बाघ, गैडा, हात्ति, कृष्णसार, ग्रामिण होमस्टे, ताल सहित विभिन्न पर्यटकिय स्थलका रुपमा चिनिएको बर्दिया कोभिड पछि अप्ठेरो परिस्थितीमा पुगेको छ । लगातार फस्टाउँदै गएको पर्यटन ब्यवसायमा एक्कासी कोभिडको संकट आइलागेपछि डोनर बेसको कन्जरवेस फन्ड पनि घटेको छ । लुम्बिनी प्रदेश अन्र्तगत पर्ने बर्दियाको मधुवन नगरपालिका वडा नम्बर […]

सम्बन्धित समाचार