संवाददाता ।
भारतका आठ ठूला सहरमा वायु प्रदूषणका कारण १३ वर्षको अवधिमा १ लाखभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
सन् २००५ देखि २०१८ को बीचमा मुम्बई, बेंगलुरु, कोलकाता, हैदरावाद, चेन्नई, सूरत, पूणे र अहमदावाद सहरमा यति ठूलो संख्यामा मृत्यु भएको एक अध्ययनले देखाएको हो ।
साइन्स एडभान्स्डमा प्रकाशित अध्ययनका अनुसार बेंगलुरु, हैदरावाद, कोलकाता र पूणेमा प्रति एक लाख जनसंख्यामा असामयिक मृत्युको दर सबैभन्दा बढी पाइएको थियो ।
यही सहरमा मृत्युदर क्रमश : ९३.९, ९६.४, ८२.१ र ७३.६ रहेको थियो । मुम्बई, सूरत, चेन्नई र अहमदावादमा भने प्रति एक लाख जनसंख्यामा मृत्युदर ६५.५, ५८.४ र ४७.७ पाइएको थियो ।
यद्यपि विश्व स्वास्थ्य संगठनको विश्वको सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा सामेल नयाँदिल्ली, नोएडा र फरीदावाद सहरमा बारेमा उक्त अध्ययनमा केही उल्लेख गरिएको छैन ।
अध्ययनका प्रमुख लेखक एवं युनिभर्सिटी अफ कलेज लण्डनका रिसर्च फेलो कर्ण बोहराले विश्वभर हरेक वर्ष वायु प्रदुषण बढिरहेको बताउनुभयो ।