जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

  ।   २०७९ असार २४, शुक्रबार १६:०९

संवाददाता ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी भएको हमलामा निधन भएको छ । उहाँ ६७ वर्षका रहनुभएको थियो । एउटा निर्वाचन अभियानमा सहभागी हुनुभएका बेला उहाँमाथि गोली प्रहार भएको हो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभएका शिन्जो आबे आफ्नो कट्टर नीति तथा ’आबेनोमिक्स’ सङ्ज्ञा दिइएको मौलिक आर्थिक रणनीतिका कारण सधैँ चर्चामा रहनुभयो ।

सन् २०२० मा उहाँले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्ने घोषणा गर्नुभएको थियो ।

यसअघि पहिलो कार्यकालमा आन्द्रासँग सम्बन्धित रोग देखिएपछि राजीनामा दिनुभएका उहाँले सन् २०२० मा आफूलाई अल्सरको गम्भीर समस्या देखिएको बताउनुभएको थियो ।

आबेका निकटतम सहयोगी योशिहिदे सुगा उहाँका उत्तराधिकारी बन्नुभएको थियो । ’द प्रिन्स’ अर्थात् ’राजकुमार’ उपनाम पाउनुभएका शिन्जो आबे राजनीतिक विरासत बोकेको परिवारका सदस्य हुनुहुन्छ ।

बीबीसी नेपालीबाट

Next Post

अनुसन्धान प्रमाणीकरण कार्यशाला सम्पन्न

२०७९ असार २४, शुक्रबार १६:०९
संवाददाता, नेपालगंज । बाँकेको नेपालगंजमा आज नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था अनुसन्धान प्रमाणीकरण कार्यशाला सम्पन्न गरिएको छ । कार्यशालामा बाँके, बर्दिया सहित विभिन्न जिल्लाका राजनीतिककर्मी महिला, जनप्रतिनिधि, यौनिक तथा लैंगिक अल्पसंख्यक, सामाजिक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । पर्पल फाउन्डेसनले नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआइ) सँगको साझेदारी र युएसएआइडीको आर्थिक […]